समाज


बर्दिबास नगर प्रमुख क्षत्रीले जन्मोत्सवमा रेडक्रसलाई दिए ‘भ्यान’ उपहार

बर्दिबास नगर प्रमुख क्षत्रीले जन्मोत्सवमा रेडक्रसलाई दिए ‘भ्यान’ उपहार

नेपालखबर
चैत ५, २०८१ मंगलबार १७:२०, महोत्तरी

यहाँको बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आफ्नो जन्मदिनमा आज नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिएका छन्।

क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गरे। उनले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा बापत्को रकमबाट भ्यान किनिएको स्पष्ट पारे।

रेडक्रसलाई प्राप्त ‘भ्यान’ विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad