बागलुङको बरेङस्थित सर्वोदय क्याम्पसमा अखिल (छैठौं) को प्यानल नै विजयी भएको छ।
मंगलवार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (छैठौं) को प्यानल निर्विरोध निर्वाचित भएको सर्वोदय क्याम्पस स्ववियु निर्वाचन संयोजक ओमबहादुर पुनले जानकारी दिए।
स्ववियु सभापतिमा मोहराज पौडेल‚ उपाध्यक्ष कला शर्मा‚ सचिवमा गोमा शर्मा‚ सहसचिवमा भीम बहादुर छन्त्याल‚ कोषाध्यक्ष हेमन्त कुमार ढकाल तथा सदस्यहरूमा प्रमिला थापा‚ सिजन थापा‚ लोकनाथ ढकाल‚ रेखा थापा‚आयुशा बस्याल र कमला शर्मा निर्वाचित भएका हुन्।
निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन संयोजक ओमबहादुर पुनले सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरे।
नवनिर्वाचित स्ववियुको कार्यसमितिलाई क्याम्पस प्रमुख फुल कुमारी शर्मा, बरेङ गाउँपालिका–१ का अध्यक्ष नरसेङ पुन लगायतले बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित स्ववियु सभापति पौडेलले आफ्नो कार्यकालमा क्याम्पस र विद्यार्थीको हक हितका लागी देखिने गरि कार्य गर्ने प्रतिवद्धता व्यक्त जनाए।
Shares

प्रतिक्रिया