बेलायतको राजधानी लन्डनमा कोरोना भाइरस संक्रमितहरुको ‘सुनामी’ आएको अस्पतालहरुले बताएका छन्।
अस्पतालहरुको प्रतिनिधित्व गर्ने एनएचएस प्रोभाइडर्सका क्रिस हप्सनले आईसीयू बेडको पनि अभाव हुन थालेको बताए।
‘अस्पतालहरु दुई चीजसँग संघर्ष गरिरहेका छन्। एक, माग अत्यधिक बढेको छ। गम्भीर बिरामीको संख्या धेरै भएको छ। उनीहरु त्यस्ता बिरामीको लहरपिच्छे लहर आउने कुरा गर्छन्, जुन निरन्तर सुनामीजस्तो सुनिन्छ,’ उनले भनेका छन्, ‘त्यसमाथि धेरै स्टाफहरु बिरामी भइरहेका छन्। यो अभूतपूर्व छ।’
अस्पतालको बेड खाली गराउन अर्को महिनादेखि सबै नियमित अप्रेसन बन्द गर्ने र अस्पताल बस्नुनपर्ने बिरामीलाई डिस्चार्ज गर्ने कदम चालिने भएको छ। एजेन्सी
प्रतिक्रिया