समाज


सिभिल अस्पतालले गर्‍यो १६१ जनाको बोनम्यारो प्रत्यारोपण

सिभिल अस्पतालले गर्‍यो १६१ जनाको बोनम्यारो प्रत्यारोपण

नेपालखबर
चैत ३, २०८१ आइतबार १६:२२, काठमाडौँ

निजामती कर्मचारी अस्पताल (सिभिल )ले ९ बर्षमा  १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले आज एक कार्यक्रम गरी २०७३ सालयता १ सय ६१ जनाको बोनम्यारो प्रत्यारोपण गरेको अस्पतालका निवर्तमान निर्देशक डा. गुणनिधि पौडेलले आफ्नो कार्यलयबाट बिदाइ लिँदै गर्दा उक्त जानकारी दिएका हुन्।

बोनम्यारो प्रत्यारोपण सुरु गर्न अस्पतालले अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस (यूआईसी) सिकागोमा तालिम लिन चिकित्सकको टोली नै पठाएको थियो। अस्पतालले २०७३ साउन ३० गतेदेखि नेपालमै पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेको थियो। 

चिकित्सकहरूका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। 

बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले  रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। 

बोनम्यारो प्रत्यारोपणलाई संसारमा नै जटिल र महँगो प्रत्यारोपण मानिन्छ। सिभिल अस्पतालले १० देखि १५ लाखसम्ममा प्रत्यारोपण गर्ने गरेको छ। सिभिल अस्पताल बोनम्यारो प्रत्यारोपण हुने नेपालको एकमात्र अस्पताल हो। 

यस्तै अस्पतालले हालसम्म ६ सय ३५ जनाको जोर्नी प्रत्यारोपण र ५५ जनाको घुँडाको जोर्नी प्रत्यारोपण गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad