समाज


बानेश्वरमा इनारमा खसेका कामदारको उद्धार

बानेश्वरमा इनारमा खसेका कामदारको उद्धार

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८१ शुक्रबार ११:२१, काठमाडौँ

काठमाडौँको बानेश्वरमा इनारमा खसेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ। 

शुक्रबार बिहान सवा नौबजे काठमाडौँ महानगरपालिका-१० शंखमुल विद्यापति मार्गस्थित उत्तम अर्यालको घर नजिकको इनारमा खसेका कामदारको प्रहरीले उद्धार गरेको हो। 

अर्याल घरको कम्पाउण्ड पछाडी रहेको करिब ३० फिट गहिरो इनारमा खसेका  कैलाली धनगढी उप-महानगरपालिका- ८ क्यामपस रोड स्थायी घर भई हाल  शंखमुल बस्दै आएका ४३ वर्षीय सतिष साहको उद्धार गरिएको बानेश्वर प्रहरी वृक्तले जनाएको छ। 

इनार सफा गर्नेक्रममा ढकल फुट्दा साह इनारमा खसेका थिए। इनारबाट निकाले प्रहरीले उनलाई मिनभवन स्थित सिभिल अस्पताल लगेको छ। 

उनको टाउकोमा चोट लागेको छ। अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad