एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई नियुक्त गरिएको छ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।
दुई कार्यकाल बिताएका सीईओ सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ।
तर सञ्चालक समितिले ४२ दिन केसीको पदावधि थपेकाले नयाँ सीईओ घिमिरेले त्यसपछि मात्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ।
270
Shares

प्रतिक्रिया