सप्तरीमा भेटेको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोली सोहीमार्फत ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १२ का २० वर्षीय अरुण कुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव रहेका छन्।
उनीहरूले २०८० असारमा एक जनाको नागरिकता भेटेका थिए। उनीहरूले उक्त नागरिकतामा भएको फोटो निकालेर आफ्नो फोटो टाँसी विराटनगरमा रहेको सिटिजन्स बैंकमा खाता खोलेर सोही खातामा अन्य व्यक्तिहरूलाई ठगी रकम जम्मा गरेको प्रहरीको दाबी छ।
उनीहरुविरुद्ध नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
9
Shares

प्रतिक्रिया