आफ्नै विद्यार्थीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले एक शिक्षकलाई साढे १२ वर्ष कैद सजाय हुने फैसला गरेको छ।
१४ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षक सन्तोष क्षेत्रीलाई अदालतले साढे १२ वर्ष जेल सजायसहित पाँचलाख रुपियाँ जरिबाना हुने फैसला गरेको हो ।
किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक क्षेत्रीविरुद्ध २०७९ चैत ५ गते चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
यही फागुन २० गते चितवन जिल्ला अदालतका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई साढे १२ वर्ष कैद सजाय र पीडितलाई दुईलाख रुपियाँ क्षतिपूर्ति भराइदिने र पीडित राहत कोषमा प्रतिवादीको तर्फबाट २० हजार रुपियाँ जम्मा गर्ने फैसला गरेको हो।
शिक्षक क्षेत्रीले एसईईको परीक्षा दिएर ब्रिज कोर्स पढ्न गएकी किशाेरीलाई पटक पटक बलात्कार गरेको ठहर अदालतले गरेको छ।
आफूले बलात्कार गरेको विषय कसैलाई भने परिवारका सबैलाई सिध्याइदिने धम्की दिएपछि बालिकाले परिवारलाई नभनी सिधै प्रहरीमा
गएर आफूमाथि भएको बलात्कारको जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले घटनको अनुसन्धान अघि बढाएको थियो।
Shares

प्रतिक्रिया