समाज


अवैध रूपमा अमेरिका छिरेका ८ नेपाली लिएर अ‍मेरिकी चार्टर विमान काठमाडौँ आइपुग्यो

अवैध रूपमा अमेरिका छिरेका ८ नेपाली लिएर अ‍मेरिकी चार्टर विमान काठमाडौँ आइपुग्यो

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८१ बुधबार १०:५६, काठमाडौँ

अवैध रूपमा अमेरिका गएका आठजना नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका छन्। 

अध्यागमन विभागकाअनुसार आठ जना नेपाली लिएर अमेरिकी चार्टर विमान बुधबार बिहान नौ बजेर ५३ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको हो। 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता जनगन्नाथ निरौलाले अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँमा अवतरण भएको जानकारी दिए। 

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्। ट्रमको दोस्रो कार्यकाल सुरु भएपछि ३५ जना नेपाली अमेरिकाबाट ‘डिपोर्ट’  भएका छन्। 

उक्त विमानमा आठ नेपालीसँगै केही अल्बानियाका नागरिक पनि आएका अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि उक्त विमान काठमाडौँ आएको हो। 

जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएका थिए। यस अवधिमा तीन नेपालीलाई पानामा ‘डिपोर्ट’ गरिएको अमेरिकी प्रशासनले जनाएको छ

यसअघिका राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका प्रवेश गरेको अनुमान छ। तीमध्ये २ हजार ८ जना अहिले अमेरिकी प्रशासनको हिरासतमा छन्। 

पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad