समाज


बनेपाको होटलमा मृत युवती छाडेर फरार युवक भारतमा, दुवैको मोबाइल घटनास्थलमै फेला

बनेपाको होटलमा मृत युवती छाडेर फरार युवक भारतमा, दुवैको मोबाइल घटनास्थलमै फेला

युवती मृत भेटिएकाे बनेपाकाे भ्यू पाहुना घर होटल


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १५:४, काठमाडौँ

काभ्रेको बनेपास्थित एक होटलको बन्द कोठामा मृतक युवती छाडेर भागेका युवक भारत पुगेका छन्। बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू एण्ड पाहुना घरमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी थिइन्।

उनीसँगै होटलमा बसेका रामेछापको खाँडादेवीका भरत बुढाथोकी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भरत र बनेपाकी २३ वर्षकी शर्मिला श्रेष्ठ फागुन १३ गते होटलमा बस्न पुगेका थिए।

प्रहरीले होटलका सीसीटीभी फुटेज लगायत सबै प्रमाण संकलन गरिसकेको छ। यस्तै फरार भएका भरत र शर्मिलाका मोबाइल भने घटनास्थलमै फेला परेको छ। अहिले यी सबै प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

होटलमा भरतको नाममा कोठा बुक गरिएको थियो। उनले आफू केही दिन होटलमा बस्ने तर खाना बाहिरै खाने बताएका थिए। तर १५ गते होटलका कर्मचारीले हेर्दा कोठामा ताला लगाइएको थियो। 

उनीहरु बसेको कोठाको चाबी पहिल्यै भरतले लगेका थिए। तर भोलिपल्ट पनि कोठाको चाबि नखुलेको र बोलाउँदा पनि नबोलेपछि होटलका कर्मचारीले अर्को चाबीले उनीहरू बसेको कोठा नम्बर ११५ खोलेका थिए।

कोठा भित्र रहेका दुईवटा बेडको बिचमा भुइँमै शर्मिलाको शव फेला परेको थियो। त्यसपछि होटल सञ्चालकले इलाका प्रहरी कार्यालय बनेपामा खबर गरेका थिए।

यता होटलबाट खबर जानु र मृतक युवतीका परिवार प्रहरी कार्यालय पुग्नु सँगसँगै जस्तो भएको प्रहरीको भनाई छ। परिवारले पनि शर्मिला बेपत्ता भएको भन्दै भरतविरुद्ध नै जाहेरी दिएका थिए। भरत र शर्मिला केही समयदेखि नजिकिएको परिवारलाई पनि थाहा थियो।

प्रहरी र परिवार समेत होटलमा पुगेर हेरेका थिए। शर्मिलाको घाँटीमा डोब थियो। घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। तर प्रहरीले अनुसन्धान भइरहेकाले अहिले नै यही कारण मृत्यु भएको भन्ने खुलाएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad