समाज


एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कार्कीको स्कटल्यान्डमा निधन

एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कार्कीको स्कटल्यान्डमा निधन

नेपालखबर
फागुन १९, २०८१ सोमबार २१:४८, स्कटल्यान्ड

गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायत (यूके) का पूर्वउपाध्यक्ष एवं समाजसेवी मोहन कार्की निधन भएको छ।

५२ वर्षीय कार्कीको सोमबार बिहान करिब पौने ७ बजे बेलायतको स्कटल्यान्ड राज्यमा पर्ने फलक्रिकस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको कलेजोमा क्यान्सरको समस्या देखिएको र अन्तिम समयमा मात्र पत्ता लागेकाले बचाउन नसकिएको परिवारलाई उद्धृत गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रामशरण सिम्खडाले नेपालखबरसँग बताए।

कार्की एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक अध्यक्ष पनि थिए।

स्पष्टवक्ता, सहयोगी भावना र सक्रियतापूर्वक खटिने स्वभावका कारण उनी बेलायतवासी नेपालीबीच लोकप्रिय थिए।

स्कटल्यान्डको फोर्थ भ्याली नेपाली एसोसिएसन, ग्लास्गो नेपाली एसोसिएसन लगायत सामाजिक संघसंस्थाको अगुवाइ पनि उनले गरेका थिए।

सिम्खडाका अनुसार, नेपालमा भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका समस्या हुँदा पनि उनले उद्धार र राहतका कार्यमा महत्त्वपूर्ण योगदान गरेका थिए। उनले सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप बेलायतको हाउस अफ लर्ड्सबाट समेत सम्मानपत्र प्राप्त गरेका थिए।

कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन्। नेपालमा उनको घर काठमाडौँको कालिमाटी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad