समाज


पूर्वयुवराज पारस शाहको मुटुमा राखियो ‘स्टेन्ट’, आईसीयूमा उपचार हुँदै

पूर्वयुवराज पारस शाहको मुटुमा राखियो ‘स्टेन्ट’, आईसीयूमा उपचार हुँदै

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८१ सोमबार २०:२, काठमाडौँ

पूर्वयुवराज पारस शाहको मुटुमा स्टेन्ट राखिएको छ। आइतबार साँझ हृदयघात भएपछि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको मुटुमा चिकित्सकहरूले स्टेन्ट(जाली)राखेर रक्तसञ्चार सहज बनाएको अस्पताल स्रोतले बताएको छ। 

उनी अहिले सघन उपचारकक्ष (आईसीयू)मा छन्। स्वास्थ्य अवस्थामा सन्तोजनक तरिकाले प्रगति भइरहेको उपचार संलग्न स्रोतको भनाइ छ। शाहलाई यसअघि पनि हृदयघात भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad