समाज


राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकताबद्ध भएर सहकार्य गर्नुपर्छः राष्ट्रपति

राष्ट्रको समृद्धि र दिगो  विकासका लागि सबैले एकताबद्ध भएर सहकार्य गर्नुपर्छः राष्ट्रपति

नेपालखबर
फागुन १९, २०८१ सोमबार १८:८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकताबद्ध भएर सहकार्य गर्नुपर्ने बताएका छन्। 

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले नैतिक, मूल्य,मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताएका हुन्। 

उनले समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताए। भावि पुस्तालाई सकारात्मक परिवर्तनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकतावद्ध हुनुपर्ने उनको भनाइ छ। 

‘नैतिक मूल्य, मान्यता, सदाचार र योग कुनैपनि सभ्य समाजका मेरुदण्ड हुन् । स्थायित्व, समृद्धि र समतामुलक समाज निर्माणका लागि यी गुणहरु अनिवार्य छन् । जब कुनै समाजले नैतिकता, अनुशासन र इमान्दारीतालाई  सम्मान गर्छ त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुद हुन्छ,' उनले भने, 'जस्को स्मृतिमा यो पुरस्कार स्थापना गरिएका छन् उहाँहरुले देखाउनुभएको मार्गले आज कयौँलाई प्रेरित गरेको छ। समाजलाई समुन्नत बनाउने जिम्मेबारी हाम्रो साझा दायित्व हो। केबल वित्तीय सफलताले मात्रै पर्याप्त हुँदैन। हामीले समाज, राष्ट्र र भावि पुस्ताका लागि सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ। नैतिकता, समानता र सेवाभावका साथअघि बढेमात्र देशको समृद्धि र दिगो विकास सम्भव हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको मार्ग पनि यही हो। यस मार्गमा हामी सबैले एकताबद्ध भएर सहकार्य गर्न आवश्यक छ।’

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad