आज मंगलबार, २० फागुन २०८१ (४ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : रमणीय र सुखद यात्राको योग छ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। तर प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्। अतिप्रिय व्यक्तिको यादले सताउन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
वृष : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। अनावश्यक ठाउँमा धन खर्च होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ।
भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : आकस्मिक धनलाभ हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कर्कट : भाग्योदय हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शिवजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजग रहनुपर्ने देखिन्छ। आफन्तले सहयोग गर्नेछन्। प्रेमीबाट पनि भरपुर सहयोग हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। माया प्रेममा समीपता बढ्नेछ। घरपरिवार र आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। रोमाञ्चक यात्रा होला।
भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक : छोटो यात्रा हुनेछ। यात्राका क्रममा मानसम्मान पनि मिल्नेछ। मित्रले दिल खोलेर सहयोग गर्नेछन्। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। अधुरा वैदेशिक काम बन्नेछन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : रोकिएका कामले पूर्णता पाउनेछन्। कुनै कुराले मन प्रसन्न पार्नेछ। राजनीतिक क्षेत्रको कार्य अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ।
भाग्यशाली रङ आकासे हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।
मकर : घरपरिवारमा झैझमेलाको अवस्था आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। साँझमा अलि बढी नै धन खर्च हुन सक्छ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। रोकिएको कामले पूर्णता पाउनेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। प्रेममा सफलता पाइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन : नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीबाट विशेष सहयोग मिल्ला। सामाजिक कार्यमा सफल भइनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया