ad ad

समाज


संक्रमित युवतीसँग आएका महोत्तरीका ५ जनालाई क्वारेन्टिनमा राखियो, ६ जनाको खोजी हुँदै

संक्रमित युवतीसँग आएका महोत्तरीका ५ जनालाई क्वारेन्टिनमा राखियो, ६ जनाको खोजी हुँदै

नेपालखबर
चैत १२, २०७६ बुधबार ८:२३,

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्।

सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टिानमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ। सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ। सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो।

यसैबीच बाहिरबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन्। जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ। जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन्। यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन्।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन्। त्यसै गरी बजार पनि बन्द गरिएका छन्। सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ। यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .