ad ad

कारोबार


नगरकोटका होटल क्वारेन्टिनका लागि तयारी अवस्थामा, सरकार भन्छः तत्काल २ हजार जना राख्न सक्छौँ

नगरकोटका होटल क्वारेन्टिनका लागि तयारी अवस्थामा, सरकार भन्छः तत्काल २ हजार जना राख्न सक्छौँ

नेपालखबर
चैत १२, २०७६ बुधबार ८:३४,

सरकारले नगरकोटमा रहेका होटलहरु क्वारेन्टिनको लागि तयारी अवस्थामा रहेको जनाएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको कोरोना रोकथाम उच्चस्तरीय समिति  र पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वको गठित क्वारेन्टाइन व्यवस्थापन कार्यदलले २ हजार जनालाई राख्न सकिने अवस्था रहेको जनाएको हो।

११ वटा होटलमा हजार जना राख्न सकिने र अन्य स्वयंसेवक सुरक्षा टिम मेडिकल टिम र विशेष बिरामीहरुको लागि थप एक/एक वटा होटल व्यवस्थान मिलाएको बताइएको छ।

आवश्यक परेको अवस्थामा नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेको कार्यदलको आँकलन रहेको छ।

त्यस्तै भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टिनको लागि ४ सय ५० र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ।

पशुपति क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागि क्वारेन्टिन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको मन्त्रालयले बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई, सचिव केदार बहादुर अधिकारी, पर्यटन विभागका प्रमुख, पर्यटन वोर्डका प्रमुख, होटल व्यवसायीहरु भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चागुनारायण नगरपालिकाका मेयरसहितको जनप्रतिनिधिहरुसहित नगरकोटका होटलहरुको निरीक्षण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .