समाज


राशिफल १७ फागुन : कन्यालाई विशिष्ट व्यक्तिले सहयोग गर्ने, मीनले झुटा आरोप खेप्नुपर्ने, तपाईँको के?

राशिफल १७ फागुन : कन्यालाई विशिष्ट व्यक्तिले सहयोग गर्ने, मीनले झुटा आरोप खेप्नुपर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन १७, २०८१ शनिबार ४:३६, काठमाडौँ

आज शनिबार, १७ फागुन २०८१ (१ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावमा पार्न सकिएला। शुभ समाचार सुन्न पाइनेछ। चुनौतीको सामना गर्नुपर्ला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। आँटे-ताकेको पूरा हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन : मनोरञ्जनमा सहभागी भइनेछ। नयाँ र शुभ समाचार सुन्नमा आउला। घरमा अतिथिको आगमन हुनेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : आयव्यय बराबरी हुनेछ। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। समाजसेवामा मन जानेछ। नयाँ कार्यको थालनी हुनेछ। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। अरूको ईर्ष्या नगर्ने।

कन्या : रोकिएका काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिबाट विशेष सहयोग होला। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग पहिल्याइनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

तुला : आफन्तको साथ र सहयोग मिल्नेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। नजिकको मित्रसँग भेटघाट होला। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। सम्पत्ति हराउन सक्छ। साँझमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउला।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। कालो रङको प्रयोग नगर्ने।

धनु : आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेको कौतुहल मेटिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कुम्भ : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछन्‌। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मीन : झुटा आरोप खेप्नुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। खर्चको मात्रा बढ्नेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। खराब नियत नराख्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad