शुक्रबार बिहान सबेरै नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि महसुस भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको झट्का भारतका पटना र बिहार आसपासका क्षेत्रमा महसुस भएको हो।
पटनामा भूकम्पले हल्लाएको दृश्य मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सेयरसमेत गरिएको छ।
एकजना पटनावासीले एक्समा लेखेका छन्, ‘भूकम्पको झट्का लगभग ३५ सेकेन्डसम्म महसुस भयो।’
हेर्नुहोस् पटनामा भूकम्पले पंखा हल्लाएको दृश्य-
— K Sarvottam (@k_sarvottam21) February 27, 2025#Earthquake jolts #Patna at 2:37 am pic.twitter.com/6EpPy473ZN
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प आउँदा आत्तिएर भाग्ने क्रममा लड्दा सिन्धुपाल्चोक कारागारका कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले जानकारी दिए।
काठमाडौँ उपत्यकामा पनि भूकम्पको कडा धक्का महसुस भएको थियो। निद्रामा रहेका उपत्यकावासी भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।
Shares

प्रतिक्रिया