ad ad

समाज


‘लकडाउन’ अवज्ञा गर्ने १२ जना पक्राउ, दर्जनौं सवारीसाधन नियन्त्रणमा

‘लकडाउन’ अवज्ञा गर्ने १२ जना पक्राउ, दर्जनौं सवारीसाधन नियन्त्रणमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ४:४६,

कोरोना संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ उलंघन गर्ने १२ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको दोस्रो दिन बुधबार बिहानैदेखि १० बजेसम्म जनकपुर लगायत धनुषाका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार लकडाउनको अवज्ञा गरेर चलाउने जिल्लाका विभिन्न स्थानबाट दर्जनौं सवारीसाधन नियन्त्रणमा लिइरहेको छ।

दोश्रो दिन थप कडाइ गरिएको र लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ र चलाइने सवारीसाधन नियन्त्रणमा लिइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

 लकडाउनको पहिलो दिन मंगलबार पनि धनुषा प्रहरीले बस, ट्रक, कार, जीप र मोटरसाइकल गरी ३ सय ६९ सवारीसाधन नियन्त्रणमा लिएको थियो भने ८ जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .