समाज


नवलपरासीमा भएको झडपमा घाइते एक जनाको मृत्यु

नवलपरासीमा भएको झडपमा घाइते एक जनाको मृत्यु

नेपालखबर
फागुन १३, २०८१ मंगलबार २०:६, काठमाडौँ

पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज भएको झडममा घाइते भएका एक जनाको मृत्यु भएको छ। 

झडपका क्रममा गाडीले किचेर घाइते भएका विजय धवलको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो।

उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

मंगलबार दिनभर उक्त स्थानमा दुई समूहबीच झडप भएको थियोा स्थानीय युवक र युवतीको प्रेमसम्बन्धको विषयमा दुई समूहबीच केही समय पहिलेदेखि बढेको विवादले मंगलबार उग्र रुप लिएको हो।

स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीको गाडी नै उनीहरुले जलाइदिएका छन्। एउटा गोदाममा समेत आगजनी गरेका छन्। त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका थिए।

स्थितिलाई नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं  २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८  जना सशस्त्र प्रहरी खटिएको पनि सहप्रवक्ता  थापाले बताए।

सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर  भएको जनाएको छ। बाँकी नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad