समाज


नवलपरासीमा दुई समूहबीच झडप : १५ प्रहरीसहित २० जना घाइते, गोदाम र प्रहरीको गाडी जलाए

नवलपरासीमा दुई समूहबीच झडप : १५ प्रहरीसहित २० जना घाइते, गोदाम र प्रहरीको गाडी जलाए

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १६:५१, काठमाडौँ

नवलपरासीमा दुई समुदायको झडप हुँदा २० जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। आक्रोशित स्थानीयले प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगो लगाइदिएका छन्।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा मंगलबार स्थानीय युवायुवतीको प्रेम सम्बन्धको विषयमा सुरु भएको विवादले उग्र रुप लिएको हो। दुई समूहको विवादकै क्रममा गाडीको ठकरबाट दुई जना घाइते भएका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार विजय धवल र वैजनाथ लोहनीलाई गाडीले किचेको हो। विजयको अवस्था गम्भीर छ। दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुलाई गाडी ब्याक गरेर किचेको भन्दै केटा पक्षले अर्को पक्षको गोदाममा आगजनी गरेको हो। उनीहरुले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन्।

दुई समूहबीच मंगलबार ढुंगाहानाहान भएपछि प्रहरीलाई नियन्त्रण गर्न सकस गरेको थियो।

आक्रोशित समूहले झगडा नियन्त्रणका लागि पुगेको इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरेका हुन्। आगजनीमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको घिमिरेले बताए। झडपमा ११ जना नेपाल प्हरी, ४ जना सशस्त्र प्रहरी र ३ जना अरु घाइते भएका छन्।

अहिले स्थिति सामान्य बनेको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad