नेपाल पुस्तक तथा स्टेसनरी व्यवासायी महासंघ जिल्ला शाखा काठमाडौँले विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री बिक्री रोक्न कठमाडाँै महानगरको ध्यानाकर्षण गराएका छन्।
अदालतको आदेशपछि पनि त्यस्तो बिक्री नरोकिएको भन्दै उनीहरूले महानगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौँका अध्यक्ष नारायणप्रसाद दाहाल र अनुगमन समिति संयोजक विष्णु गिरी लगायत काठमाडौँका पदाधिकारी तथा सदस्यहरूले काठमाडौँ महानगरपालिका निमित्त शिक्षा विभाग प्रमुख केशव ज्ञावालीलाई पत्र बुझाएका छन्।
पत्रमा नेपालको कानुन अनुसार सर्वोच्च अदालतको फैसला २०६८ र नेपाल सरकार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ समेतले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीहरू बिक्री वितरण नगर्ने नगराउने भन्ने आदेश भई कानुन बनिसकेको अवस्थामा अझै कानुनविपरीत विद्यालय हातभित्रबाटै पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीहरूको बिक्री वितरण कार्य भएकाले उक्त कार्य रोक्न आग्रह गरिएको छ।
पत्र बुझ्दै ज्ञावालीले व्यवसायीका मागप्रति महानगरपालिका संवेदनशील रहेको बताए।
Shares

प्रतिक्रिया