धादिङको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित पृथ्वी लोकमार्गमा आज बिहान ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन्।
मंगलबार बिहान ६:२० बजेतिर वीरगन्जबाट खाद्यान्न बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश-०३००२ ख १८६८ नम्बरको १२ चक्के ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा ट्रक चालक ४५ वर्षका रमेश श्रेष्ठ घाइते भएका छन्।
दोलखाको मेलुङ गाउँपालिका–६ निवासी श्रेष्ठको टाउकोमा सामान्य चोट लागेको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते श्रेष्ठलाई उपचारका लागि महादेववेशीस्थित टाइम्स केयर अस्पताल पठाइएको छ।
अहिले ट्रक घटनास्थलमै रहेको छ भने सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
693
Shares

प्रतिक्रिया