समाज


राशिफल १२ फागुन : वृषको घरायसी वातावरण खलबलिने, सिंहको दिन घुमफिरमा बित्ने, तपाईँको के?

राशिफल १२ फागुन : वृषको घरायसी वातावरण खलबलिने, सिंहको दिन घुमफिरमा बित्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन १२, २०८१ सोमबार ४:३९, काठमाडौँ

आज सोमबार, १२ फागुन २०८१ (२४ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। प्रयत्न निष्फल जस्तै होला। व्यापार व्यवसायमा बाधा आउन सक्छ। महत्त्वपूर्ण कार्यमा पनि बाधा हुनेछ। अनावश्यक झमेलामा परिएला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता हुनेछ। आर्थिक लाभ पनि होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : सुखद यात्राको योग छ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन जानेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गरिनेछ। घुमफिर र भ्रमणमा दिन बित्नेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। वित्तीय संस्था र मङ्गल कार्यको योग छ। सन्तान सुख पनि मिल्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : मनमा निराशा छाउनेछ। शरीर पनि भारी होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। तर, जनताको गतिलो भने समर्थन मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : घरमा मनोरञ्जनात्मक कार्य होला। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। घरमा अतिथिको आगमन होला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

वृश्चिक : नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्नेछ। सामाजिक पदप्रतिष्ठा प्राप्त होला। मित्रबाट विशेष सहयोग मिल्नेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : पारिवारिक समस्या आइपर्ला। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। घुमफिरमा आकर्षण बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : दिन सामान्य रहनेछ। भाग्य बलमा कमी भएको आभास हुनेछ। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : चुनौती चिर्दै काम बनाउन सकिनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रै लाभ हुनसक्छ। शुभ समाचार सुन्न पाइएला। वैदेशिक कामकाज भने कमजोर रहनेछन्‌।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad