राजनीति


अब पार्टीभित्र कसैलाई अन्याय हुन दिन्न : शेखर कोइराला

अब पार्टीभित्र कसैलाई अन्याय हुन दिन्न : शेखर कोइराला

नेपालखबर
फागुन ११, २०८१ आइतबार १९:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।

नेता डा.कोइरालाले भने,'ढुक्क भएर संगठन गर्नुस, समयमै सदस्यता नवीकरण गराउनुस।’ उनले सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधानअनुसार अघि बढ्न आवश्यक रहेको बताए। 
 
पार्टीको १५औं महाधिवेशन निर्धारित समयमै हुनुपर्ने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad