समाज


तीन सातापछि अवकास हुने भट्टराई एआईजीमा बढुवा सिफारिस

तीन सातापछि अवकास हुने भट्टराई एआईजीमा बढुवा सिफारिस

नेपालखबर
फागुन ११, २०८१ आइतबार १०:३२, काठमाडौँ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि जनक भट्टराई सिफारिस भएका छन्।

आइतबार बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्।

उनलाई एआईजीमा बढुवा गर्नकै लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खालि गराइएको थियो।

भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउने छन्। एक सातापछि मात्रै मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्ने भएकाले भट्टराई छोटो समयका लागि एआईजी बन्न लागेका हुन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकास हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad