समाज


हनुमानढोकामा मारिने युवकको सनाखत, घर ललितपुरको बुङमती

हनुमानढोकामा मारिने युवकको सनाखत, घर ललितपुरको बुङमती

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २०:३५, काठमाडौँ

काठमाडौँको हनुमानढोकामा मारिएका व्यक्ति ललितपुर, बुङमतीका भएको खुलेको छ।

काठमाडौँ महानगरपालिका वडा नं २४ मा पर्ने यटखा गल्लीमा मृत फेला परेका व्यक्ति ललितपुरको कार्यविनायक नगरपालिका वडा नं ११, बुङमतीका २८ वर्षीय सुशन शाक्य भएको पुष्टि भएको छ।

उनी बिहान ५:५० बजे मृत फेला परेका थिए। 

यस घटनामा संलग्नताको आशंकामा दुई जना पक्राउ परेका छन्। थप अनुसन्धान जारी छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ।

पक्राउ परेका दुवै जना नाबालक छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू एक जना रामेछापका र अर्का झापाका हुन्। आफूहरूलाई सुई लगाइदिन्छु भनेपछि झगडा भएको र त्यही क्रममा कुटाकुट भएको प्रारम्भिक बयान उनीहरूले दिएको प्रहरीको भनाइ छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएअनुसार, मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ।

बाँसले हानेर हत्या गरेको घटना सीसीटीभीमा देखेपछि उनीहरूलाई पक्राउ गरेको बोहराले बताए। प्रहरीले हत्या प्रयोग भएको बाँस पनि बरामद गरेको छ।

प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति लिएर प्रक्रिया अघि बढाइएको छ। अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad