आज शुक्रबार, ९ फागुन २०८१ (२१ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : लेनदेनमा विवाद उत्पन्न हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्याउनुहोला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा भने मन शान्त हुने समाचार सुन्नमा आउला।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृष : रमणीय यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट राम्रो सफलता मिल्नेछ। साँझमा केही पैसा खर्च हुन सक्छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मिथुन : गरेको कार्यबाट नपत्याउँदो तरिकाले फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएका काम फत्ते हुनेछन्। प्रेम र मित्रताको सुखमा रमाउने समय छ।
भाग्यशाली रङ रातो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कर्कट : विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सुखदुख बराबरी हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
सिंह : आयव्यय बराबर हुनेछ। मन परेको मानिससँग टाढिनु पर्दा छटपटी बढ्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेरै अघि बढ्नु होला। काममा व्यवधान आउन सक्छ।
भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : चिताएको कामले तीव्रता लिनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। रोकिएका काम सुचारु हुनेछन्। पारिवारिक मनोरञ्जन हुनेछ। आपसी सद्भाव बढ्ला। समाजसेवामा मन लाग्नेछ। आर्थक क्षेत्र पनि सबल नै रहनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग राय लिने। लामो यात्रामा ननिस्कने।
तुला : शुभ समाचारले हौसला बढाउनेछ। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृश्चिक : शुभ समाचार सुन्न पाइएला। रोजगारी प्रस्ताव आउनेछ। मनमा शान्ति छाउला। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध गाढा भएर जानेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अल्छीपना बढ्नेछ। आर्थिक कारोबारमा विवाद आउन सक्छ। साँझमा भने सफल यात्राको योग छ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
मकर : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। बिछोडिएका मित्रसँग पुनर्मिलनको योग छ। आँटे-ताकेको पूरा होला। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।
मीन : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। लगनशीलताले कामहरू अघि बढ्नेछन्। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। जोस, जाँगर र उमंग बढ्ला। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया