भाजपा विधायक रेखा गुप्ताले बिहीबार (फागुन ८ गते) दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ खाएकी छन्।
उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका अन्य नेताहरू पनि उपस्थित थिए।
दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले रेखा गुप्तालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
मुख्यमन्त्री रेखा गुप्तासँगै एलजीले प्रवेश वर्मा, मन्जिंदर सिंह सिरसा, रवीन्द्र इन्दराज सिंह, आशिष सुद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्री पदको शपथ खाए।
प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट विधानसभा चुनावमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र भारतीय कंग्रेस उम्मेदवार सन्दीप दीक्षितलाई हराएका थिए।
कपिल मिश्रा पहिले आम आदमी पार्टीमा थिए र अरविन्द केजरीवालको सरकारमा पनि मन्त्री भइसकेका छन्।
दिल्ली विधानसभा चुनावमा भाजपाले ७० मध्ये बहुमत ४८ सिट जित्दै २७ वर्षापछि दिल्ली सत्तामा फर्किएको हो।
Shares

प्रतिक्रिया