ad ad

समाज


चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
चैत ११, २०७६ मंगलबार ७:३४,

जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्।

प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोमबार राति भरतपुर महानगरपालिका–७ विकास चोकमा स्थानीयवासी ४२ वर्षीय सापकोटालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते भएएका छन्। घाइते आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

यस्तै स्कर्पियोले सोमबार राति भरतपुर महानगरपालिका–१० त्रिचोकमा धादिङ् घर भई भरतपुर महानगरपालिका–१० बस्ने ४० वर्षीय साजन तामाङलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते तामांको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। तामाङलाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .