नेपाली सेनाले परम्परागत रुपमा मनाउँदै आएको घोडेजात्रा यस वर्ष नहुने भएको छ।
विश्व महामारी कोरोनाभाइरसको जोखिमका कारण सेनाले घोडेजात्रा स्थगित गर्ने निर्णय गरेको हो।
सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुसहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यस वर्षको सो समारोह स्थगित गरिएको छ।’
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा आयोजना गर्ने योजना बनाएको थियो।
तर भाइरस संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्यनजर गरी स्थगित गरेको जनाएको छ। सरकारले गत १० गते सोको रोकथाम र निर्मुल गर्न लिइएको निर्णयबमोजिम सो समारोह स्थगित गरिएको सेनाको भनाइ छ।
भाइरस रोकथामका लागि सेना प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया