समाज


‘प्रकृति र पक्राउ परेका युवकको अडिओ’ सामाजिक सञ्जालमा

‘प्रकृति र पक्राउ परेका युवकको अडिओ’ सामाजिक सञ्जालमा

प्रकृति लम्साल


नेपालखबर
फागुन ६, २०८१ मंगलबार १४:४०, काठमाडौँ

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा स्थानीय प्रहरीले त्यहीँका एक पुरुष विद्यार्थीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएको छ।

भारतीय पत्रिका दैनिक भास्करको रिपोर्टअनुसार प्रकृति र ती केटाबीच कुराकानीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो। 

भुवनेश्वरका डीसीपी पिनाक मिश्राले एक विद्यार्थी विरुद्ध आत्महत्या गर्न उक्साएको आरोपमा मुद्दा दर्ता गरिएको जानकारी दिए।

प्रकृतिका काका सिद्धान्त सिग्देलले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपितविरुद्ध मुद्दा दर्ता गरेको हो।

उनका अनुसार अभियुक्त विद्यार्थी अहिले प्रहरी हिरासतमा छन् र सोधपुछ भइरहेको छ। प्रहरीले मृतक प्रकृतिका मोबाइल फोन, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएको छ। यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ। 

अडिओमा के छ? 
सामाजिक सञ्जालमा भाइरल अडिओमा एक केटी र एक केटा कुरा गरिरहेका छन्। केटाले फोनमा केटीलाई निरन्तर अश्लील शब्द प्रयोग गरिरहेका छन्। दुई जनाबीच बाझाबाझ भइरहेको छ।

केटाले केटीलाई माफी माग्न भन्छ। यसमा केटीले केटासँग माफी माग्छिन्। दुई जनाबीच लामो बहस पछि केटी रुन थाल्छिन्।

सामाजिक सञ्जालमा यो कल रेकर्डिङ प्रकृति र अभियुक्त केटाबीचको कुराकानीको भएको दाबी गरिएको छ।

केआईआईटीका विद्यार्थीले ती केटा र प्रकृतिबीच प्रेम सम्बन्ध रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad