ग्लोबल


प्रकृति मृत्यु प्रकरण : सिद्धान्तले ४ गते दिएका थिए भुवनेश्वर प्रहरीमा जाहेरी

प्रहरी भन्छ– अनुसन्धान जारी छ, २ सुरक्षा गार्ड पक्राउ
प्रकृति मृत्यु प्रकरण : सिद्धान्तले ४ गते दिएका थिए भुवनेश्वर प्रहरीमा जाहेरी

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १४:१७, काठमाडौँ

भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युलाई लिएर दुई दिनअघि नै जाहेरी परेको भुवनेश्वर प्रहरीले जनाएको छ। 

इन्फोसिटी पोलिस स्टेसनमा प्रकृतिका काका सिद्धान्त सिग्देलले जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले सोही दिन आरोपीविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको थियो।  

मुद्दा दर्तापछि ५ गते आरोपी श्रीवास्तवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सोही दिन श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार सिग्देलले २१ वर्षीय आद्विक श्रीवास्तवविरुद्ध जाहेरी दिएका छन्। जाहेरीमा श्रीवास्तवले प्रकृतिलाई उत्पीडन गरेको उल्लेख छ। 

यसबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले उल्लेख गरेको छ। घटनाविरुद्ध सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। सोलगत्तै कलेजले नेपाली विद्यार्थीलाई कलेजबाट निकाला गरेको थियो। 

त्यसपछि तीव्र विरोध भएपछि कलेजले नेपाली विद्यार्थीलाई फिर्ता आउन तारन्तार आग्रह गरिरहेको छ। 

प्रहरीका अनुसार विरोधमा उत्रिएका नेपाली विद्यार्थीविरुद्ध दुव्र्यवहार र कुटपिट गर्ने कलेजका सुरक्षा गार्डविरुद्ध समेत सोमबार अपराध मुद्दा दर्ता भएको छ। सेक्युरिटी गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ परेका छन्। 

उक्त घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ। यसको स्वतन्त्र र निष्पक्ष छानबिन हुने पनि प्रहरीले आश्वस्त पारेको छ भने कलेजका नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरिएको छ। भुवनेश्वर प्रहरीले प्रभावित विद्यार्थीले समस्यामा परे चौबीसै घण्टा ८२८०३३८३०१ नम्बरमा सम्पर्क गर्न सक्ने जनाएको छ। 

सो घटनापछि नेपालमा समेत विरोध भइरहेको छ भने नयाँ दिल्लीस्थित नेपाली दूतावासले समेत सोमबार निष्पक्ष अनुसन्धान चाहेको विज्ञप्तिमार्फत जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad