कारोबार


एमएडब्लु अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्स्काभेटर लन्च गर्ने

एमएडब्लु अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्स्काभेटर लन्च गर्ने

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १४:४४, काठमाडौँ

एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्स्काभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटरहरू लन्च गर्ने भएको छ। 

ललितपुरको झम्सिखेलस्थित द प्लाजामा भव्य लन्च कार्यक्रम राखिएको कम्पनीले जनाएको छ। 

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहनेछ भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्स्काभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिनेछ। 

कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहनेछ।

“लिडर इन एक्स्काभेटर” भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबी को प्रतिबद्धतामा प्रकाश पार्नेछ। 

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्ने कम्पनीले उल्लेख गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad