खोटाङको हलेसी बजारमा आइतबार बेलुका आगलागी भयो। हलेसी तुवाचुङ नगरपालिका-७, हलेसी बजारस्थित एक घरमा ग्यास लिक हुँदा बजार क्षेत्रमा आगो फैलिएको थियो।
यो आगलागीबाट करिब ७ करोड ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय पदमशेर राईको घरबाट आगलागी सुरु भएको थियो।
आगलागीलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिएको थियो।











345
Shares

प्रतिक्रिया