समाज


गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु

गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु

दुर्घटनामा परेको गाडी


नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:५४, काठमाडौँ

भारतमा जारी कुम्भ मेला पुगेका तिर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ।

दुर्घटनामा परेर रुपन्देहीको देवदह नगरपालिका-९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको देवदह नगरपालिका-९ का सूचना अधिकारी गणेश डुम्रेले नेपालखबरलाई जानकारी दिए।  

कुम्भ मेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोकिएर गाडी दुर्घटना भएको हो। दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा देवदह-९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम् पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्।  

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको हो। फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएका थिए। नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना परेको हो। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पनि दुर्घटना भएको सूचना आएको नेपालखबरलाई जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad