ग्लोबल


भारतको कलेजमा मृत भेटिइन् नेपाली विद्यार्थी

भारतको कलेजमा मृत भेटिइन् नेपाली विद्यार्थी

नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:५५, काठमाडौँ

भारतमा एक जना नेपाली विद्यार्थी मृत भेटिएकी छिन्। 

उडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल मृत भेटिएको उक्त कलेजले जनाएको छ। 

पीटीआईका अनुसार कलेजले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। 

‘बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थी हिजो मृत भेटिएकी हुन्’, विज्ञप्तिमा उल्लेख छ, ‘उनी कलेजकै अर्का विद्यार्थीसँग प्रेम सम्बन्धमा रहेको हुनसक्ने देखिएको छ। मृत विद्यार्थीले कारणवश आत्महत्या गरेको हुनसक्छ।’ 

उनको मृत्युपछि सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले प्रदर्शन समेत गरेको बताइएको छ। 

अवस्थालाई मध्यनजर गरी नेपाली विद्यार्थीलाई उनीहरुको घर पठाइएको र अहिले अवस्था सामान्य रहेको केआईआईटीले उल्लेख गरेको छ। 

प्रहरीले मृतकको कोठा सिल गरेको छ भने शव उनको परिवार नआएसम्मका लागि राखिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad