समाज


हलेसीमा आगलागीबाट ७ करोड ३० लाखको क्षति

हलेसीमा आगलागीबाट ७ करोड ३० लाखको क्षति

नेपालखबर
फागुन ५, २०८१ सोमबार १२:३४, काठमाडौँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी बजारका विभिन्न घरमा आइतबार बेलुका भएको आगलागिबाट ७ करोड ३० लाख क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय पदमशेर राईको घरबाट आइतबार बेलुकी आगलागी सुरु भएको थियो। 

घरको पहिलो तलामा रहेको हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उत्थान लघुबित्त कार्यालय पूर्णरुपमा क्षति भएको छ।  

सोही ठाउँस्थित आइरख राईको न्यु कल्याण होटल र घर, प्रकाश चन्द्र गिरीको हलेसी दर्शन होटल र भरणशेर राईको पारूहाङ होटलमा समेत आगलागी भएको छ। आगलागीमा करिब ७ करोड ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad