समाज


जीतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

जीतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

नेपालखबर
फागुन ५, २०८१ सोमबार १२:४१, काठमाडौँ

बारामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा 'अनटेष्ट' लेखिएको स्कुल बसले प्र २–०३–०१३ प ३२३३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो। 

बसको ठक्करबाट मोटरसाइकलमा सवार रौतहट राजदेवी नगरपालिका बस्ने ३३ वर्षीय भोला प्रसाद यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहकारी अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad