समाज


खोटाङ हलेसी बजारको ग्यास पसलमा आगलागी, पानी नहुँदा निभाउन सकस

खोटाङ हलेसी बजारको ग्यास पसलमा आगलागी, पानी नहुँदा निभाउन सकस

नेपालखबर
फागुन ४, २०८१ आइतबार १९:१०, काठमाडौँ

खोटाङको हलेसी बजारमा आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलमा आगलागी भएको हो। खाना पकाउने ग्याससहितका सिलिण्डर विस्फोट भइरहेका छन्। उक्त पसलमा थुप्रै ग्यास भरिएका सिलिन्डर थिए। अहिले सिलिन्डरहरू पड्किन थालेको स्थानीले बताएका छन्। 

पानी नहुँदा आगो निभाउन नसकिएको र आगो बजारका अरु घरमा पनि फैलिने सम्भावना देखिएको स्थानीयले बताएका छन्। उक्त पसलमा हार्डवयरका सामानहरू पनि भएको र ती सामानहरू पनि जलिरहेको बताइएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad