कुनै समय चीनपछि सबैभन्दा बढी कोरोना संक्रमित देखिएको दक्षिण कोरियामा हाल ८ हजार ९६१ जना कोरोनाबाट बिरामी परेका छन्। त्यहाँ १ सय ११ को मृत्यु भएको छ।
गएको एक महिनायता दक्षिण कोरियामा निकै न्युन रुपमा कोरोना संक्रमित बढेका छन्। गएको २४ घण्टामा कोरियामा मात्र ६४ जना कोरोना संक्रमित बढे।
यो संख्या एक महिनायताकै न्युन भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले बताएको छ।
प्रतिक्रिया