जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।
246
Shares

प्रतिक्रिया