समाज


राशिफल ३० माघ : वृश्चिकले नयाँ जागिर पाउने, मकरलाई कसैले भित्रभित्रै मन पराउने, तपाईँको के?

राशिफल ३० माघ : वृश्चिकले नयाँ जागिर पाउने, मकरलाई कसैले भित्रभित्रै मन पराउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ३०, २०८१ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, ३० माघ २०८१ (१२ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यमा समस्या आउन सक्छ। घरायसी झमेलामा परिएला, सचेत रहनु होला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार सुन्न पाइनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हरियो वस्त्र धारण गर्ने। अर्काको निन्दा नगर्ने।

वृष : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।

भाग्यशाली रङ पर्पल र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : रोकिएको कामले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

कर्कट : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : काममा ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। गर्न खोजेका काममा बाधा आउन सक्छ। साँझमा आफन्तले सहयोग गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।

तुला : स्थान परिवर्तनको विशेष योग देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। टाढिएका मित्रसँग नजिकिने समय छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : नयाँ रोजगारीको अवसर मिल्नेछ। धनार्जनका नयाँ स्रोत पनि भेटिनेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। कसैले उपहार दिन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर परिवारमा झैझमेलाको अवस्था आउला।

भाग्यशाली रङ आकासे हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६४ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर : समाजसेवामा मन लाग्नेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। तपाईँलाई कसैले भित्रभित्रै मन पराउन सक्छन्। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : रमाइलो यात्राको सम्भावना छ। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कालो वस्त्र धारण गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad