समाज


गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते

गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते

नेपालखबर
माघ २८, २०८१ सोमबार १७:२९, काठमाडौँ

नुवाकोटको लिखु गाउँपालिका–५ अमिलबोटेस्थित सडकमा गाडी र मोटरसाकल ठक्कर खाँदा मोटरसाइकलमा पछाडि बस्ने युवकको ज्यान गएको छ।

मोटरसाइकल चालक घाइते भएका छन्।

बाप्र०६००१ ज ०४३९ नम्बरको गाडी र बागमती प्रदेश ०२–०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रसुवा उत्तरगया गाउँपालिका–५ बस्ने ३८ वर्षीय पुरूषोत्तम लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चिरायु नेसनल अस्पताल बसुन्धारा काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad