सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलस्थित सडकमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। प्रदेश १-०२-००२ च ५४७९ नम्बरको पिकअप भ्यानले प्रदेश १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहिदभुमी गाउँपालिका-१ त्रिवेणीका २५ वर्षीय सुमन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो। पिकअप भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
201
Shares

प्रतिक्रिया