नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा, खाँदबारी नगरपालिका वडा नं. ४का ५२ वर्षीय नरेन्द्रराज राई रहेका छन्।
सोसल मिडिया अनुगमनका क्रममा सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुतामाथि आघात पुऱ्याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामग्री तयार गरी प्रसारण गरेको पाइएको ब्यूरोले जनाएको छ।
प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्य राईको संलग्नता खुल्न आएको जनाइएको छ।
निज उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा माघ २५ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोले जनाएको छ।
Shares

प्रतिक्रिया