हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
यतिबेला (बिहीबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।
देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको अवधिमा कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे उल्लेख छ।
‘बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ,’ बुलेटिनमा भनिएकाे छ।
हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान



Shares

प्रतिक्रिया