खेल


आहा रारा गोल्डकप: तेस्रो प्रि-क्वार्टर फाइनलमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

आहा रारा गोल्डकप: तेस्रो प्रि-क्वार्टर फाइनलमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

नेपालखबर
माघ २४, २०८१ बिहिबार ७:४, पाेखरा

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो प्रि–क्वार्टरफाइनल खेलमा आज (बिहीबार) चर्च ब्वाइज युनाइटेड क्लब र एनआरटी क्लब भिड्दैछन्।  

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। 

आहा राराको प्रिक्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडको दोस्रो रोजाइका खेलाडी मैदान उत्रनेछन्। पहिलो रोजाइका खेलाडी सम्मिलित चर्चब्वाइज धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ। 

त्यसैले पोखरामा हुने प्रतियोगिताका लागि दोस्रो रोजाइका खेलाडीहरु मैदानमा हुनेछन्। चर्चब्वाइज मात्र हैन एनआरटी पनि आजको खेलमा पुरै पहिलो रोजाइको खेलाडीमा मैदान उत्रनेछैन। 

बुढासुब्बा गोल्डकपको साविक विजेता समेत रहेको एनआरटीले आजै दोस्रो सेमिफाइनलमा युकेएफसी भारतविरुद्ध खेल्दैछ। 

मोफसलका प्रतियोगिताहरु जुध्दा टिमका खेलाडीहरु बाँढिएर प्रतियोगिता खेल्दैछन् त कतिपय खेलाडी रातारात अर्को खेल खेल्न पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad