आज (बुधबार) राति चारवटा प्रदेशका एक-दुई स्थानमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति-
कोसी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
र, सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
अन्य प्रदेशमा भने आज रातिलाई कतै कतै मौसम बदली (आकाशमा बादल) को सम्भावना रहे पनि हिमपातको सम्भावना छैन भने वर्षाको सम्भावना देशभरि नै छैन।
294
Shares

प्रतिक्रिया