समाज


साँखु प्रभागमा महिला प्रहरी मृत फेला

साँखु प्रभागमा महिला प्रहरी मृत फेला

नेपालखबर
माघ २३, २०८१ बुधबार १६:४४, काठमाडौँ

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन्।

बुधबार बिहान ५ बजेदेखि ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उनी साढे ११ बजेसम्म ड्युटी गरेर ब्यारेकमा फर्किएकी थिइन्। तर  कामबाट फर्किएकी उनलाई सहकर्मीले झुण्डिएको अवस्थामा मृत फेला पारेको एसपी बोहराले नेपालखबरलाई बताए।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad